Kathmandu Press

सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ 

जुम्ला, पुस १२ : जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ। सो...
सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ 

जुम्ला, पुस १२ : जुम्लाको हिमा गाउँपालिका– ३ स्थित मोप्ला गाउँमा सौर्य ऊर्जाबाट लिफ्ट सिँचाइ प्रविधिबाट पानी आएपछि यहाँका बासिन्दामा खुशी छाएको छ। 

सो गाउँमा हरिचन्द्र रोकायाले सिँचाइ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीनदशक बितेको बताए। विसं २०५२ देखि उनले खेतमा धान रोपेका छैनन्। ‘सिँचाइ नहुँदा न अन्नपात राम्रोसँग उत्पादन गर्न पायौँ, नत खेती नै छोड्न सक्यौँ,’ रोकायाले भने, ‘गाउँ किनारामा बगेको हिमा नदी हेरेर बस्यौँ, खेत बाझो राख्यौँ सुक्खा जमीनमा लगाएको सिमी, मकै, जौ र गहुँ पनि राम्रोसँग उत्पादन भएन।’ पछिल्लो समयमा लिफ्ट सिँचाइ प्रविधिबाट पानी तानेर सिँचाइ गर्न थालिएपछि गाउँका स्थानीयवासी हर्षित भएका रोकायाले बताए।

Hardik ivf

उनले भने, ‘अहिले लिफ्ट सिँचाइमार्फत पानी आउँदा मार्सी धानको रोपाइँदेखि व्यावसायिक योजना बनाएर थरिथरीका कृषि योजना र बेमौसमी तरकारीखती गर्न सहज भएको छ।’

सो गाउँका २८५ घरधुरीले सिँचाइ गर्न पाएका छन्। झण्डै दुई हजार ५०० मुरी खेतमा सिँचाइ सुविधा पुगेको स्थानीयावासी गोपाल रोकायाले बताए। सो बाँझो खेतीयोग्य जमीनमा सिँचाइ हुने उनले जनाए।

कर्णाली प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा गाउँमा ५० लाख रुपैयाँमा आधुनिक प्रविधियुक्त लिफ्ट सिँचाइ आयोजना निर्माण गरेर सफल परीक्षण भएपछि किसान दंग छन्। सो लिफ्ट सिँचाइमार्फत ७० मिटर उकालोसम्म पानी पु¥याउन सकिन्छ।
 
सो गाउँका लागि २६ मिटर मात्र आवश्यक पर्ने कृषि प्राविधिक धर्मराज शाहीले बताए। पचास किलोवाटको सौर्य ऊर्जाको प्रयोग भइरहेको छ। सोलार ब्याट्रीको प्रयोग गर्दा खर्चिलो हुने भएकाले सोलार प्यानल मात्र राखेर दिउँसो सिँचाइ सुविधा दिन सकिने गरी बनाइएको प्राविधिक शाहीले जानकारी दिए।

सो सिँचाइ आयोजना कर्णाली प्रदेशकै नमूना आयोजना भएकाले गत आर्थिक वर्षमा सञ्चालित १२ सिँचाइ योजनामध्ये यो योजना निकै जोखिमको थियो। यस्तो प्रकारको योजना कर्णालीका कुनै पनि जिल्लामा शुरु भइसकेका छैनन्।

प्राविधिक स्टेटमेन्टबाहेकका सामग्री प्रयोग गर्न नदिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए। घेरबारदेखि जाली क्यानल बनाउनका लागि चालू आर्थिक वर्षमा पहल भएको उनले जानकारी दिए।  

प्रकाशित मिति: १५:१० बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्