Kathmandu Press

चिनियाँ उच्च अधिकारीको टोली काठमाडौं आइपुग्यो

काठमाडौं, पुस १२ : उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न टोली काठमाडौं आएको हो।चिनियाँ कम्युनिष्ट...
चिनियाँ उच्च अधिकारीको टोली काठमाडौं आइपुग्यो

काठमाडौं, पुस १२ : उत्तरी छिमेकी चीनका उच्च अधिकारीको टोली काठमाडौं आइपुगेको छ। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे बुझ्न टोली काठमाडौं आएको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं आएको हो।

चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ र नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतसँग भेटवार्ता गर्ने जनाइएको छ । 

यचौ ०७४ फागुनमा पनि नेपाल आएका थिए। यचौको भ्रमण भएको तीन महिनापछि तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो ।

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्