Kathmandu Press

प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने

काठमाडौं, पुस १२ : संसद् विघटनविरद्ध आन्दोलरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले पुस १४ गत काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको...
प्रचण्ड-नेपाल समूहले काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने

काठमाडौं, पुस १२ : संसद् विघटनविरद्ध आन्दोलरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले पुस १४ गत काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ।

आज पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले पुस १४ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। त्यसका लागि तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको नेकपा वरिष्ठ नेता झलानाथ खनालले बताए।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने बताए। 'काठमाडौंमा हाम्रो शक्ति प्रदर्शन गर्छौं,' नेता खनालले भने, 'प्रदर्शनमा ५० हजारदेखि एक लाख कार्यकर्ता उतार्छौ।'

त्यसका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ। बैठकले शक्ति प्रदर्शनका लागि छलफल गरेको उनले बताए।

नेकपाको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पुस १४ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो। त्यसैअनुसार, राजधानी र देशका विभिन्न शहरमा प्रदर्शन गरिने भएको छ।

शनिबार नेकपाका सबै प्रदेशमा बैठक बसेका थिए। ति बैठकले प्रदर्शनका लागि तयारी सुरु गरेको जनाएको छ।

 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्