Kathmandu Press

वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले

काठमाडौं, पुस १२ : नवनियुक्त वन तथा वातवारणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने...
वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्छु : वनमन्त्री आले


काठमाडौं, पुस १२ : नवनियुक्त वन तथा वातवारणमन्त्री प्रेमबहादुर आलेले वन क्षेत्रमा भएका राम्रा कामलाई प्रोत्साहन गर्ने र विकृति भए सबै मिलेर हटाउनुपर्ने बताएका छन्। मन्त्रालयमा आज पद बहालीका क्रममा उनले सबै कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिए।

मन्त्री आलेले आफू प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा रहँदा वन क्षेत्रका केही विकृति र गुनासा देखेको औंल्याउँदै त्यसलाई हटाई उत्कृष्ट मन्त्रालयका रुपमा चिनाउन हरदम लागिपर्ने बताए। मन्त्रालयका काम कारवाहीमा कार्यालय सहयोगीदेखि सचिवसम्म सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले एक परिवारसरह काम गर्न निर्देशन दिए।

वातावरण र संरक्षणका कार्य चुनौती रहेकाले यसमा सबैले मिलेर जिम्मेवारीका साथ काम गर्नुपर्ने बताउँदै उनले विकास र वातावरणबीच सन्तुलन गरी विकास निर्माणका कार्यलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री आलेले सरकारले मध्यावधि निर्वाचन घोषणा गरिसकेका कारण आफ्नो कार्यकाल छोटो रहेकाले दु्रत गतिमा काम गर्नुपर्ने बताउँदै यसमा सबै कर्मचारीको सहयोगको अपेक्षासमेत गरे।

कार्यक्रममा सचिव डा विश्वनाथ ओली, मन्त्रालयअन्तर्गत निकायका प्रमुख, विभागीय प्रमुखलगायतको सहभागिता थियो। मन्त्री आलेले आज आर्थिक अनुशासन मितव्ययीतासम्बन्धी र वेरुजु फछ्र्यौटको कार्ययोजना बनाई कार्यान्वयन गर्ने पहिलो निर्णय गरेका छन्।

प्रकाशित मिति: १३:५० बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्