Kathmandu Press

‘संसद पुनःस्थापना गरेर नेकपा मिलाउने प्रयास’

दाहाल–नेपाल पक्षसँग १ सय ५ जना जति सांसद हुने र बाँकी ६९ जना सांसद मात्रै ओलीसँग बस्ने नेकपाको अनुमान छ। जनता समाजवादी पार्टीसँग संसदमा ३४ जना सांसद छन्। यो अवस्थामा नेकपाको दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टीबीच सरकार बन्ने र दोस्रो ठुलो दलको रुपमा केपी ओली नै प्रतिपक्ष दलको नेता हुने अवस्था आउन सक्छ।
‘संसद पुनःस्थापना गरेर नेकपा मिलाउने प्रयास’

काठमाडौं, पुस १२ : नेकपाभित्रकै एउटा समुह संसद पुर्नस्थापना गरेर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मिलाउने अभियानमा जुटेको छ। 

नेकपाभित्र दुवै खेमामा कट्टर भएर नलागेका केही नेताहरुले ओलीले गरेको संसद विघटन गलत भएको तर पार्टी फुटाउन नहुनेभन्दै अदालतले पुर्नस्थापना गरे फेरि एकता गर्ने गरी छलफलमा जुटेका छन् । यो अभियान उत्तरी छिमेकको समेत साथ रहेको नेकपाका एक जना केन्द्रीय सदस्यले काठमाडौं प्रेसलाई जानकारी दिए। नेकपाभित्र ओली र दाहालका दुई पार्टी हुदा दुई दशक कम्युनिष्ट फेरि सत्तामा जान नसक्ने भन्दै दुवै पक्षले माफि मागेर पुन एकता गराउने प्रयाश थाल्नु पर्ने लविङ सुरु भएको छ। 

‘संसद पुर्नस्थापना भयो भने फेरि नेकपामा एकता गर्ने ठाउँ रहन्छ’, ति केन्द्रीय सदस्यले भने, ‘पुर्नस्थापना भएकै दिन ओलीको प्रधानमन्त्रीको पद जान्छ, उहाँले दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै एकताको वातावरण बन्छ ।’

पुर्नस्थापनाको हल्ला बलियो देखिन थालेपछि छिमेकी मुलुक चीनकी राजदूतले नेकपाका नेताहरुसँग भेटवार्ता बाक्लो बनाउदै आएकी छन् । उनले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बेइजिङमा गरेको ब्रिफिङ अनुसारनै बेजिङले चिनियाँ कम्युनिष्ट पार्टीको अन्र्तराष्ट्रिय विभाग उपप्रमुख कुओ येचौको नेतृत्वमा एक प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आएको छ। 

चिनियाँ टोलीले आजै नेकपा दुवैतर्फका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। चिनियाँ प्रतिनिधिभण्डलको भ्रमणपछि नेकपाको आन्तरिक विवादमा समाधानको ठाउँ देखिनसक्ने बताइएको छ। 

‘नेकपा फुट्दा दुवै पार्टी सकिन्छ भन्नेमा नेताहरु सहमतनै छन्,’ ती नेताले भने, ‘ओलीले प्रधानमन्त्री पद नछोड्दा समस्या बढेको हो, अव संसद पुर्नस्थापना भएपछि उक्त पद रहने सम्भावना नभएकाले पुन एकता हुने सम्भावना देखिन्छ, हामी त्यही अभियानमा छौं ।’

पौडेललाई लोभ देखाएर प्रधानमन्त्री बन्ने दाहालको दाऊ

नेकपा नेता दाहालले कांग्रेसले चुनाव हुने माहौला बनाउला कि भनेर कांग्रेस नेता रामचन्द्र पौडेललाई लोभ्याएर पुर्नस्थापनाको पक्षमा वकालत गर्न लगाएका छन्। 

नेकपा भित्रको विवाद चुलिएका बेला पौडेलले दाहाल र अर्का नेता माधवकुमार नेपालसँग गोप्य भेट गरेका थिए । उक्त भेटमा ओलीले संसद विघटन गरेभने त्यसलाई अदालतबाट पुनस्र्थापना गरेपछि पौडेललाई राष्ट्रपति बनाउने आश्वासन दिएका थिए । दाहालले  राष्ट्रपतिको लोभ देखाएपछि पौडेल पार्टीभन्दा एक कमद अघि बढेर संसद पुनस्र्थापनाको पक्षमा सक्रिय भएर लागेका छन्। 

दाहाल–नेपालले संसद पुर्नस्थापना गर्ने र दाहाललाई प्रधानमन्त्री बनाउने रणनीति तय गरेका छन्। नेकपा दुई पार्टी भएपनि पुर्नस्थापन भएकै दिन कांग्रेस दोस्रो ठुलो दलबाट संसदमा तेस्रो दल हुन पुग्छ। 

संसद पुनस्र्थापना हुने र दाहाल प्रधानमन्त्री बन्ने वतावरण हुदा दाहाल–नेपाल पक्षसँग १ सय ५ जना जति सांसद हुने र बाँकी ६९ जना सांसद मात्रै ओलीसँग बस्ने नेकपाको अनुमान छ। 

जनता समाजवादी पार्टीसँग संसदमा ३४ जना सांसद छन्। नेकपाको दाहाल–नेपाल पक्ष र जनता समाजवादी पार्टी मिलेर संसदमा बहुमत पुगेर सरकार बन्न सक्छ । यो अवस्थामा नेकपाको दाहाल–नेपाल समुह र जनता समाजवादी पार्टीबीच सरकार बन्ने र दोस्रो ठुलो दलको रुपमा केपी ओली नै प्रतिपक्ष दलको नेता हुने अवस्था आउन सक्छ । कांग्रेस नेता पौडेल अहिले कांग्रेस प्रतिपक्षमा पनि नहुनेगरी कमजोर बनाउने खेलमा लागेको कांग्रेसका एक केन्द्रिय सदस्यको दावी छ।  

‘राजनीतिक दलले आफुलाई नाफा–घाटा के हुन्छ भनेर प्रत्येक राजनीतिक घटनाक्रममा हेर्नु पर्छ । बैशाखमा चुनाव भए कांग्रेसले अत्याधिक बहुमत सहितको सरकार बनाउने सम्भावना छ,’ ति केन्द्रीय सदस्यले भने, ‘तर पनि केही युवा नेता र पौडेलजी चुनाव गर्न नहुने, नेकपाले पाँच बर्षनै सरकार चलाउनु पर्छ भन्ने गरी अघि बढेका छन्। कस्को इशारामा यो भनेका हुन बुझ्नै सकिएको छैन।’
 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्