कोरोना संक्रमणबाट सुर्खेतमा थप एकको मृत्यु
काठमाडौं, पुस १२ : सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेतस्थित प्रादेशिक अस्पतालमा वीरेन्द्रनगर नगरपालिका ६, की ८२ वर्षीया महिलाको...
काठमाडौं, पुस १२ : सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुर्खेतस्थित प्रादेशिक अस्पतालमा वीरेन्द्रनगर नगरपालिका ६, की ८२ वर्षीया महिलाको मृत्यु भएको हो।
उनलाई पुस १० गते अस्पतालको अकस्मिक कक्षमा भर्ना गरिएको थियो। ज्वरो र सास फेर्नमा कठिनाई भएपछि सोही दिन प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
उनको आइतबार बिहान ८ः४२ बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ।
प्रकाशित मिति: १३:३३ बजे, आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











