Kathmandu Press

उत्तरी पाकिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त

उत्तरी पाकिस्तानमा सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त

इस्लामाबाद, पुस १२ : पाकिस्तानी सेनाको एउटा हेलिकोप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ। 

उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिकसहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सेनाले उक्त हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ। 

बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो। 

स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाग्रस्त हेलिकोप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ।

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्