नेपाललगायतको मुलुकबाट जापान प्रवेशमा रोक
काठमाडौं, पुस १२ : कोरोना भाइरस (कोभिड १९) को नयाँ प्रकार (भेरियन्ट) देखिएपछि जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय...
काठमाडौं, पुस १२ : कोरोना भाइरस (कोभिड १९) को नयाँ प्रकार (भेरियन्ट) देखिएपछि जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ। यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहनेछ।
जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन्। तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए।
प्रकाशित मिति: १२:५८ बजे, आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











