प्रदेश १ को अधिवेशन माघ ७ गते आह्वान
विराटनगर, पुस १२ : प्रदेश १ को प्रदेश सभा हिउँदे अधिवेशन माघ १ गते बोलाइएको छ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सभाको सातौँ...
विराटनगर, पुस १२ : प्रदेश १ को प्रदेश सभा हिउँदे अधिवेशन माघ ७ गते बोलाइएको छ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशनको बैठक माघ ७ गते अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका छन्।
प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रदेश सभाको छैटौँ तथा बजेट अधिवेशन साउन ९ गते अन्त्य भएको थियो।
यसअघि प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले अधिवेशन आह्वानका लागि सिफारिश गरेको थियो।
प्रकाशित मिति: १२:०६ बजे, आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











