Kathmandu Press

प्रचण्ड-नेपाल समूहको आज ७७ वटै जिल्लामा भेला

काठमाडौं, पुस १२ : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज ७७ वटै जिल्लामा जिल्ला भेला आयोजना गर्न लागेको छ।संसद् विघटनविरुद्ध...
प्रचण्ड-नेपाल समूहको आज ७७ वटै जिल्लामा भेला

काठमाडौं, पुस १२ : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज ७७ वटै जिल्लामा जिल्ला भेला आयोजना गर्न लागेको छ।

संसद् विघटनविरुद्ध आन्दोलनका लागि सबै जिल्लामा कार्यकर्तालाई अभिमूखिकरण गर्न भेला आयोजना गर्न लागेको जनाएको छ। नेकपाले मंगलबार सबै जिल्लामा प्रदर्शन गर्न लागेको छ।

त्यस्तै, मंगलबार नै राजधानीमा पनि विशाल प्रदर्शन गर्ने जनाएको छ। यसैगरि पुस २० गते प्रत्येक स्थानीय तहमा पार्टी बैठक र भेलाको आयोजना गर्न लागेको छ।

त्यसपछि वडा स्तरीय भेला र बैठकको आयोजना गर्ने भएको छ। यसका लागि पुस २५ गते तोकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि प्रचण्ड नेपाल समूह विरोधमा उत्रिएको छ। अब आन्दोलनलाई देश व्यापी बनाउन वडा स्तरसम्म भेला गर्न लागिएको जनाएको छ।

प्रकाशित मिति: १०:३३ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्