Kathmandu Press

उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्षमा कोइराला विजयी

पोखरा, पुस १२ : नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन्।गएराति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित...
उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्षमा कोइराला विजयी

पोखरा, पुस १२ : नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन्।

गएराति सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गर्दै कोइराला दोस्रोपटक महासंघको प्रदेश अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचनमा कोइरालाले ५४ र शर्माले २६ प्रतिशत मतभार प्राप्त गरेका थिए। अध्यक्षबाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। एशोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत निर्वाचित भएका छन्।

यसैगरी सदस्यमा धर्म बस्याल, मङ्गलप्रसाद श्रेष्ठ, लीलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य तथा एशोसिएट सदस्यमा सूर्य भुजेल चयन निर्विरोध निर्वाचित भएका छन्। (रासस)

 

प्रकाशित मिति: १०:२२ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्