Kathmandu Press

ट्रकको ठक्करबाट गुल्मीमा २ युवाको ज्यान गयो 

ट्रकको ठक्करबाट गुल्मीमा २ युवाको ज्यान गयो 

काठमाडौं, पुस १२ : गुल्मीमा ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीको ज्यान गएको छ।

रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजालि र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा  ठक्कर दिदाँ दुबै जनाको घटनास्थलमै ज्यान गएको थियो ।

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: ०९:०८ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्