Kathmandu Press

आर्सनलले चेल्सीलाई हरायो, न्यु क्यासलमाथि सिटीको जित

काठमाडौं, पुस १२ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ। । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीमाथि ३–१ को...
आर्सनलले चेल्सीलाई हरायो, न्यु क्यासलमाथि सिटीको जित

काठमाडौं, पुस १२ : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ। । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले चेल्सीमाथि ३–१ को जित निकाल्यो । 

घरेलु मैदनमा आर्सनललाई जित दिलाउन अलेजेन्डर लाकाजेट, ग्रानिट जाका र बुकायो साकाले गोल गरे भने चेल्सीका टमी अब्राहमले गोल गरे । 

३४औं मिनेटमा लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए। ४४औं मिनेटमा जााकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमा चेल्सीविरुद्ध २–०को अग्रता लियो । ५६औं मिनेटमा साकाले गोल गर्दै आर्सनलाई ३–० को अवस्थामा ल्याए । 

खेल सकिनन ५ मिनेट बाँकी छँदा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता कम गराउने प्रयास गरे । जितपछि १७ अंक बनाएको अर्सनल १४औं स्थानमा छ भने २५ अंक जोडेको चेल्सी ७औं स्थानमा छ।

यस्तै अर्को खेलमा एभर्टनले शेफिल्ड युनाटेडलाई १–० ले पराजित गरेको छ। यो जीतसँगै एभर्टन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।​  एभर्टनले खेलको अन्तिम समयमा गोल गर्दै जित दिलाए । 

त्यस्तै गएराति भएको अर्को खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। गएराति इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि २–० को जित निकालेको हो।  यो जितसँगै तालिकाको पाँच औं स्थानमा रहेको म्यानचेस्टर सिटीले १४ खेलबाट २६ अंक जोडेको छ। 

यसैगरी शनिबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटीले बराबरी खेलेका छन् । शनिबार राति किंङ पावर स्टेडियममा भएको खेलमा युनाइटेड र लेस्टरले २–२ गोलको बराबरी खेलेका हुन् । 

२३औं मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ३१औं मिनेटमा हार्भी बर्नसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७९औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै पुनः युनाइटेडलाई अग्रता दिलाए । ८५औं मिनेटमा युनाइटेडका एलेक्स टाउन्जेबले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकियो ।

१५ खेलमा २८ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ भने समान खेलमा २७ अंक जोडेको युनाइटेड चौथो स्थानमा छ ।

प्रकाशित मिति: ०८:२० बजे, आइतबार, पुस १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्