Kathmandu Press

चिनियाँ उपमन्त्री आज काठमाडौं आउँदै, नेकपाका नेताहरुसँग भेटवार्ता हुने 

काठमाडौं, पुस १२ : चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छन् ।  सत्तारुढ नेकपामा आएको...
चिनियाँ उपमन्त्री आज काठमाडौं आउँदै, नेकपाका नेताहरुसँग भेटवार्ता हुने 

काठमाडौं, पुस १२ : चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छन् ।  

सत्तारुढ नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले चार सदस्यीय चिनियाँ टोली चार दिने भ्रमणका लागि आज काठमाडौं आउन लागेको हो। 

नेपालमा रहँदा उपमन्त्री कुओ नेतृत्वले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एक समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ। 

नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो। नेकपा विभाजन तर्फ उन्मुख भईरहँदा बेला बेलामा चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूसँग भेटघाट गर्दै आएकी थिईन् । 
 

प्रकाशित मिति: ०८:०७ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्