Kathmandu Press

भारतमा थपिए १८ हजार कोरोना संक्रमित 

काठमाडौ, पुस १२ : भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ५७४...
भारतमा थपिए १८ हजार कोरोना संक्रमित 

काठमाडौ, पुस १२ : भारतमा थप १८ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ५७४ जनामा संक्रमण भएको हो । 

यो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १ लाख ८८ हजार ३९२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९७ लाख ६० हजार ८४८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार ६५९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा थप २८० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, पुस १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्