प्रदेश नं १ का मुख्यमन्त्री राईले गरे मन्त्री आङ्बोलाई वर्खास्त

काठमाडौं, पुस १२ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका छन् ।
सरकार ढाल्ने गतिविधिमा संलग्न रहेको र अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको भन्दै मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् ।
मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६२ को उपधारा २ अनुसार मन्त्री आङ्बोलाई बर्खास्त गरेको बताईएको छ । मन्त्री आङ्बो प्रचण्ड–नेपाल समूहका हुन् भने मुख्यमन्त्री राई ओली समूहका हुन् ।
यसअघि शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सासंदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
प्रकाशित मिति: ०८:०२ बजे, आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1791359764.jpg)




-1791359764.jpg)

-1791358865.jpg)
