इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टरको बराबरी
काठमाडौं, पुस १२ : इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।युनाइटेडका मार्कुस रासफोर्ड र...
काठमाडौं, पुस १२ : इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
युनाइटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भएको हो ।
यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ । युनाइटेडले १४ खेलमा २७ अंक जोडेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।
प्रकाशित मिति: ०७:४१ बजे, आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











