Kathmandu Press

अ‍ोलीको साथ छोड्दै प्रचण्ड–नेपाल समूहमा फर्किए छक्कबहादुर

काठमाडौं, पुस ११ : हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद छक्कबहादुर लामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा...
अ‍ोलीको साथ छोड्दै प्रचण्ड–नेपाल समूहमा फर्किए छक्कबहादुर

काठमाडौं, पुस ११ : हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद छक्कबहादुर लामा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फर्किएका छन्। 

लामा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको साथ छोड्दै प्रचण्ड–नेपाल समूहमा फर्किएका हुन्। सुरुमा ओली समूहमा लागेका लामालाई प्रधानमन्त्री ओलीले नेकपाको केन्द्रीय सदस्य बनाएका थिए। तर, शनिबार लामाले आफू प्रचण्ड–नेपाल समूहमा फर्किएका विज्ञप्तिमार्फत जानकारी दिएका छन्। 

उनले मुल नेकपा प्रचण्ड–नेपाल समूह रहेकाले आफू फर्किएको पनि बताएका छन्।  उनले पार्टीभित्र आएको विभाजनले आफू दुखी भएको र प्रचण्ड–माधव समूह नै मुल पार्टी भएकाले आफू फर्किएको बताएका छन्।
 

प्रकाशित मिति: १५:५५ बजे, शनिबार, पुस ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्