मन्त्रिपरिषद् विस्तार गरेर प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको खिल्ली उडाए : भीम रावल
काठमाडौं, पुस ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेर संविधान र लोकतन्त्रको...
काठमाडौं, पुस ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएको आरोप लगाएका छन्।
प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ८ मन्त्री र एक जना राज्यमन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए। मन्त्रिपरिषद् विस्तारपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेता रावलले प्रधानमन्त्री ओलीले आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैँ पर्दाफास गरेको पनि आरोप लगाएका छन्।
शनिबार ट्वीटरमा ट्वीट गर्दै उनले देश, जनता, पार्टी र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्छै निरंकुश शासक झै मन्त्रिपरिषद् विस्तार गरेको आरोप लगाएका छन्।
‘देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथि घात गर्ने प्रधानमन्त्री ओलीले आफैँ चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफैँ पर्दाफास गरेका छन्,’ उनले भनेका छन्।
देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेकाछन्।
— Bhim Rawal, PhD (@BhimRawal179) December 26, 2020



-1791359764.jpg)




-1791359764.jpg)

-1791358865.jpg)
