Kathmandu Press

राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस 

काठमाडौं, पुस ११ : सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ।शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको हिउँदे...
राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस 
फाइल तस्वीर।

काठमाडौं, पुस ११ : सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

मन्त्रिपरिषद् विस्तार र शपथ ग्रहण ढिलो भएपछि ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद्को बैठक राति साढे ९ बजे बसेको थियो। 

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका थिए। 

प्रकाशित मिति: १०:३९ बजे, शनिबार, पुस ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्