Kathmandu Press

आउँदो मंगलबारदेखि लाइसेन्सको आवेदन खुल्ने 

काठमाडौं, पुस ११ : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आउँदो मंगलबारदेखि (पुस १४) भएको छ ।गत चैत ११ गतेदेखि बन्द रहेको...
आउँदो मंगलबारदेखि लाइसेन्सको आवेदन खुल्ने 

काठमाडौं, पुस ११ : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन आउँदो मंगलबारदेखि (पुस १४) भएको छ ।

गत चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो ।

अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, पुस ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्