विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड नाघ्यो
काठमाडौं, पुस ११ : विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण...
काठमाडौं, पुस ११ : विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै संक्रमितको संख्या ८ करोड २ लाख ६ हजार नाघेको छ ।
यस्तै, २४ घण्टामा ८ हजार ३७४ संक्रमितको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या १७ लाख ५६ हजार ९४७ पुगेको हो। यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाखभन्दा धेरै छ ।
पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३९ हजार २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ५ करोड ६४ लाख ६० हजार २३० पुगेको हो ।
हाल विश्वमा २ करोड १९ लाख ७६ हजार ८५६ सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ५ हजार ७९९ जना गम्भीर बिरामी छन्।
प्रकाशित मिति: ०८:२६ बजे, शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












