Kathmandu Press

फ्रान्समा देखियो नयाँ प्रजातिको कोरोना भाइरस

काठमाडौं, पुस ११ : फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा...
फ्रान्समा देखियो नयाँ प्रजातिको कोरोना भाइरस

काठमाडौं, पुस ११ : फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ ।

डिसेम्बर १९ मा बेलायतबाट फ्रान्स फर्किएका टुअर्स शहरका एक व्यक्तिमा  नयाँ स्वरूपको कोरोना भाइरसको संक्रमण देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बेलायत र दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको थियो ।

Hardik ivf

कोरोना भाइरस (कोभिड १९) को खोप भर्खरै प्रयोगमा आइरहँदा नयाँ प्रजातिको भाइरस अझ खतरनाक बनेर तीव्र रूपमा फैलिन थालेपछि विज्ञहरू चिन्तित बनेका छन् ।

फ्रान्सको स्वास्थ्य मन्त्रायले नयाँ कोरोना भाइरसबाट संक्रमित ती व्यक्तिलाई आइसोलेसनमा राखिएको जानकारी दिएको छ । बेलायत र दक्षिण अफ्रिकामा फेला परेका कोरोनाको नयाँ रूप पहिलेका भाइरसभन्दा निकै घातक र संक्रामक रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: ०८:११ बजे, शनिबार, पुस ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्