Kathmandu Press

काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा चिसो 

काठमाडौं, पुस ११ : काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै कम भएको छ ।आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३...
काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा चिसो 

काठमाडौं, पुस ११ : काठमाडौं उपत्यकाको तापक्रम आज यो वर्ष जाडो सुरु भएपछिकै कम भएको छ ।

आज काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको पुस तीन गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो ।

हिजो काठमाण्डौको तापक्रम २ दशमलव ५ डिग्री रहेको थियो । आज भने काठमाण्डौको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ । 

प्रकाशित मिति: ०८:०७ बजे, शनिबार, पुस ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्