विश्वासको मत लिएर अगाडि बढ्छु : मुख्यमन्त्री पौडेल
हेटौंडा, पुस १० : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन्। पौडेलले संसदीय प्रणालीमा...
हेटौंडा, पुस १० : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन्। पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले गम्भीर बनाएको बताए।
पौडेलले सरकारविरुद्ध सरकारमै रहेका मन्त्रीले अभिव्यक्त गरेको धारणाप्रति विरोध जनाए। उनले सहकर्मी मन्त्रीकै अगुवाइमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई दुःखद् परिघटनाको रुपमा लिएको उल्लेख गरे। मुख्यमन्त्री पौडेलले दर्ता गरिएको अविश्वासको प्रस्तावको सदनमार्फत सानदार खण्डन गरेर विश्वासको मत प्राप्त गर्ने धारणा राखे। पौडेलले मन्त्रीले राजीनामा पत्रमा आरोप लगाएजस्तो सरकार सुस्त नभएको दावी गरे। मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा बहुमत पु¥याउन तयार रहेको बताए।
प्रदेशसभामा आज सरकारविरुद्ध प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमा प्रदेश सभाका ४५ जना सदस्यले हस्ताक्षर गरेका छन्। त्यस्तै आजै प्रदेशका तीन मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका थिए। प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराएका थिए। राजीनामा पत्रमा मन्त्रीले मुख्यमन्त्री पौडेलका कारण सरकारको कामकारवाही सुस्त भएको आरोप लगाएका छन्।









-1791359764.jpg)

-1791358865.jpg)