Kathmandu Press

मन्त्रिपरिषद् पुनर्गठन: आठ मन्त्रीले लिए राष्ट्रपति भण्डारीबाट सपथ (सूचीसहित)

काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुक्रबार विस्तारित मन्त्रिमण्डलका सदस्यहरुले सपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी...
मन्त्रिपरिषद् पुनर्गठन: आठ मन्त्रीले लिए राष्ट्रपति भण्डारीबाट सपथ (सूचीसहित)

काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुक्रबार विस्तारित मन्त्रिमण्डलका सदस्यहरुले सपथ ग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।

प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए।

राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले शुक्रबार नयाँ मन्त्री नियुक्त गरेका हुन्।

थपिएका र हेरफेर भएका मन्त्रीहरू

  • टोपबहादुर रायमाझी - उर्जा मन्त्री
  • मणि थापा - खानेपानी मन्त्री
  • प्रभु साह - शहरी विकास मन्त्री
  • प्रेम आले - वन मन्त्री
  • गणेश ठगुन्ना - सामान्य प्रशासन मन्त्री
  • गौरी शंकर चौधरी - श्रम मन्त्री
  • दावा लामा - युवा तथा खेलकुद मन्त्री
  • जुली कुमारी महतो - महिला बालबालिका मन्त्री
  • विमला विश्वकर्मा - उद्योग राज्यमन्त्री मन्त्री
  • भानुभक्त ढकाल - पर्यटन (मन्त्रालय हेरफेर) मन्त्री
  • हृदयेश त्रिपाठी - स्वास्थ्य (मन्त्रालय हेरफेर) मन्त्री
  • लीलानाथ श्रेष्ठ - कानुन मन्त्री
  • शिवमाया तुम्बाहाङ्फे - भूमिसुधार मन्त्री
  • पद्मा अर्याल - कृषि मन्त्री
  • कृष्ण गोपाल श्रेष्ठ - शिक्षा मन्त्री

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।

त्यस्तै, यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानुन र कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्।

प्रकाशित मिति: २०:२८ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्