Kathmandu Press

मन्त्रिपरिषद् पुनर्गठन: आठ मन्त्री र एक राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय?

पुनर्गठनपछि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।
मन्त्रिपरिषद् पुनर्गठन: आठ मन्त्री र एक राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय?

काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र पूर्वएमालेतर्फका व्यक्तिहरु रहेका छन्।

पुर्नगठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री, मणि थापा खानेपानी मन्त्री, प्रभु साह शहरी विकास मन्त्री र प्रेम आले वनमन्त्री भएका छन्।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन्। त्यस्तै, जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने बिमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन्।

यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री बनेका छन्, भने हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन्।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन्। भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन्।

पुनर्गठनपछि युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन्।

प्रकाशित मिति: १९:५५ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्