मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, सात बजे शपथ
स्रोतका अनुसार प्रचण्डको साथ छोडेर प्रधानमन्त्री ओली समूहमा लागेका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायतलाई मन्त्री बनाउने तयारी छ।
काठमाडौं, पुस १० : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।
पुस ५ गते संसद विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सात जना मन्त्रीले राजीनामा दिएपछि शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीको शपथका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसँग बेलुका सात बजेको समय मिलाइएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ थपिने मन्त्रीहरु धेरैजसो पूर्वमाओवादी समूहका हुनेछन्। स्रोतका अनुसार प्रचण्डको साथ छोडेर प्रधानमन्त्री ओली समूहमा लागेका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह लगायतलाई मन्त्री बनाउने तयारी छ।
प्रकाशित मिति: १७:३९ बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1791359764.jpg)

-1791358865.jpg)