झलनाथ खनालको टिप्पणी- रुखको बोक्रा निस्किँदा रुख नै ढल्यो भन्न मिल्दैन
‘नेकपा फुटेको छैन, चोइट्याउन खोजिएको हो। रुखका बोक्रा निस्किन सक्छन् तर बोक्रा निस्किँदा रुख नै ढल्यो भन्न मिल्दैन,’ उनले भने,‘त्यसैले बालुवाटारमा भएको भेला बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ।’
काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली समूहको बालुवाटारमा बसेको बैठकलाई रुखको बोक्राको संज्ञा दिएका छन्।
शुक्रबार बबरमहलस्थित कार्की व्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता खनालले ओली समूहले बालुवाटारमा गरेको केन्द्रीय कमिटीको बैठक रुखको बोक्रामात्रै भएको टिप्पणी गरेका हुन्।
खनाले आफूहरु नै आधिकारिक नेपाका भएकाले बालुवाटारमा हुने त्यस्ता भेलाको कुनै अर्थ नभएको बताए। उनले नेकपा विभाजन नभएको दाबी समेत गरे।
‘पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिन्छ। तर, संसद विघटन भएको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत आवश्यक पर्छ,’ उनले भने,‘ सानो समूह चोइटिएकाले त्यसलाई पार्टी भन्न मिल्दैन।’
उनले केपी ओली समूहलाई रुखको चोइटिएको बोक्राको संज्ञा दिए। ‘नेकपा फुटेको छैन, चोइट्याउन खोजिएको हो। रुखका बोक्रा निस्किन सक्छन् तर बोक्रा निस्किँदा रुख नै ढल्यो भन्न मिल्दैन,’ उनले भने,‘त्यसैले बालुवाटारमा भएको भेला बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ।’
खनालले प्रधानमन्त्री ओलीलाई गोपन सर्पको संज्ञा पनि दिएका छन्। ‘महाधिवेशनमा आफूले हराएपछि उहाँले बदला लिन खोज्नु भयो,’ उनले भने, ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ।’









-1791359764.jpg)

-1791358865.jpg)