Kathmandu Press

प्रचण्डको आरोप–ओलीले मलाई एक वर्षदेखि सिध्याउन खोजेका थिए

‘उहाँ बाहिर मिठो बोल्नुहुन्छ। अनि फेरि भित्रभित्रै छुरा पनि रोप्नुहुन्छ,’उनले भने,‘बाहिर भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्नुहुन्छ। तर, भित्र उहाँले नै संरक्षण गर्नुहुन्छ।’
प्रचण्डको आरोप–ओलीले मलाई एक वर्षदेखि सिध्याउन खोजेका थिए

काठमाडौं, पुस १०  : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउन प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो एक वर्षदेखि लागिरहेको आरोप लगाएका छन्। 

शुक्रबार बबरमहलस्थित कार्की व्याङ्केटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउन प्रधानमन्त्री ओली एक वर्षदेखि लागिरहेको आरोप लगाएका हुन्। ‘प्रधानमन्त्री ओलीले बाहिर जति मिठो बोले पनि व्यवहारमा ठीक उल्टो हुनुहुन्छ,’ उनले भने,‘ मलाई सिध्याउन उहाँ गत वर्षदेखि लागिरहनु भएको थियो।’

प्रचण्डले प्रधानमन्त्री ओलीले बाहिर भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भने पनि भित्रभित्रै भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने गरेको बताए। ‘उहाँ बाहिर मिठो बोल्नुहुन्छ। तर, भित्रभित्रै छुरा रोप्नुहुन्छ,’उनले भने,‘बाहिर भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्नुहुन्छ। तर, भित्र उहाँले नै संरक्षण गर्नुहुन्छ।’

उनले प्रधानमन्त्री ओलीले जे भने त्यो आफूले खुरुखुरु मान्नु आफ्नो ठूलो गल्ती भएको बताए। ‘मेरो गल्ती भनेको ओलीले जे–जे भन्नुभयो त्यो खुरूखुरू मान्नु नै हो,’ उनले भने।

उनले आफूले ओलीबाट धेरै पटक अपमान सहनु परेको पनि बताए। ‘ बरिष्ठताको कुरा गर्दा मैले तीन वटा भोटो बढी फटाएको छु भन्नुभयो,‘म जेठो हुँ भन्नुभयो, मैले मानिदिएँ। आलोपालो कुरा गर्दा तपाईं कार्यकारी अध्यक्ष हुनु भन्नुभयो मैले पनि अब पाँच वर्ष तपाई नै प्रधानमन्त्री भनेर मानिदिएँ। यसपाली मेरो गल्ती त्यही भयो।’
 

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्