Kathmandu Press

ओलीलाई नेपालको जवाफ- नेकपा हाम्रो सम्पत्ति हो, कसैका प्रालिका सम्पत्ति छन् भने लिन्नौं

‘उहाँमा तानाशाही प्रवृत्ति छ,’ उनले भने,‘तानाशाही प्रवृत्ति भएका व्यक्तिलाई बैठकबाट एलर्जी हुन्छ। आफूले छाड्नुपरे कुर्ची नै भाँच्ने मान्छे उहाँ हो।’
ओलीलाई नेपालको जवाफ- नेकपा हाम्रो सम्पत्ति हो, कसैका प्रालिका सम्पत्ति छन् भने लिन्नौं

काठमाडौं, पुस १० :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले नेकपा पार्टी आफूहरुको भएकाले त्यसमा दाबी नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। 

प्रचण्ड–नेपाल समूहले शुक्रबार बबरमहलमा गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपा आफूहरुको सम्पत्ति भएको दाबी गरेका हुन्। 

पूर्वएमालेको सम्पत्तिमा नेपालले दाबी गर्न नमिल्ने भनेर प्रधानमन्त्री ओलीले एक टेलिभिजन अन्तर्वार्तामा बताएपछि त्यसप्रति संकेत गर्दै नेकपा आफूहरुको सम्पत्ति भएको र कसैको प्रालिको सम्पत्ति भए दाबी नगर्ने बताए। 

नेपालले भने,‘नेकपाको सम्पत्ति हाम्रो हुनेछ। कसैका प्रालिका सम्पत्ति छन् भने हामी लिँदैनौं।’ 

‘ओली संघीयता र गणतन्त्र विरोधी हुन्’

नेपालले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी भएको पनि आरोप लगाए। उनले ओली कम्युनिष्ट आन्दोलनलाई सिध्यान अग्रसर रहेको आरोप लगाए।

‘ओलीलाई गणतन्त्रप्रति अपनत्वबोध छैन,’ उनले भने,‘उनी विशुद्ध  कम्युनिष्ट आन्दोलन सिध्याउन अग्रसर छन्।’  आफूले ओलीसँग ४९ वर्ष लामो सहकार्य रहेको स्मरण गर्दै नेपालले भने,‘ओलीजीलाई मन पर्ने भनेको केपीबादमात्र हो।’ 

नेपालले आफूहरुलाई केपीबाद स्वीकार गरेर दासु बनाउन खोजिएकाले आफूहरुले उनीमाथि कारबाही गर्नु परेको बताए।
ओली तानाशाही प्रवृत्ति भएका व्यक्ति भएकाले बैठकबाट पटक पटक भागेको आरोप नेपालले लगाए।

‘उहाँमा तानाशाही प्रवृत्ति छ,’ उनले भने,‘तानाशाही प्रवृत्ति भएका व्यक्तिलाई बैठकबाट एलर्जी हुन्छ। आफूले छाड्नुपरे कुर्ची नै भाँच्ने मान्छे उहाँ हो।’
 

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्