प्रचण्डको टिप्पणी : बादल कमरेड झुक्किएर ओली समूहमा पुग्नुभयो
काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको बताएका...
काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा बादल झुक्किएर ओली समूहमा पुगेको बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले बादलले गरेको भाषण सुन्दा झुक्किएर ओली समूहमा पुगेको बताएका हुन्। संसद भंग भएको दुई दिनसम्म कुनै पक्षका बैठकमा सहभागी नभएका बादल बिहीबार केपी शर्मा ओली समूहको बैठकमा उपस्थित भएका थिए।
बिहीबार ओली समूहको बैठकमा उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्थापनाको माग पश्चगमन भएको बताएका थिए।
प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)