संसद विघटनविरुद्ध सर्वोच्चको मुख्य गेटमा नेविसंघको नारावाजी
काठमाडौं, पुस १० : संसद विघटनविरुद्ध सर्वोच्च अदालत अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नारावाजी गरेको छ। सर्वोच्च क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएपनि सुरक्षकर्मीको...
काठमाडौं, पुस १० : संसद विघटनविरुद्ध सर्वोच्च अदालत अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नारावाजी गरेको छ।
सर्वोच्च क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा बनाइएपनि सुरक्षकर्मीको आँखा छल्दै केही युवाले सर्वोच्चको मुख्य गेड अगाडि प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले ‘असंवैधानिक कदम खारेज गर’ लेखिएको प्लेकार्ड र नेविसंघको झण्डा बोकेका थिए। उनीहरुले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका थिए।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघका नवराज त्रिपाठीसहित ५ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउसमेत गरेको छ।
प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)