Kathmandu Press

सर्वोच्चले सरकारसँग माग्यो संसद विघटन गर्नुको लिखित जवाफ

काठमाडौं, पुस १० : सर्वोच्च अदालतले सरकारले संसद विघटन गर्नुको लिखित जवाफ माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले शुक्रबार ुंवैधानिक...
सर्वोच्चले सरकारसँग माग्यो संसद विघटन गर्नुको लिखित जवाफ

काठमाडौं, पुस १० : सर्वोच्च अदालतले सरकारले संसद विघटन गर्नुको लिखित जवाफ माग गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गगरेको हो।

साथै, सर्वोच्चलेसंसद विघटनका लागि  मन्त्रिपरिषदले गरेको सिफारिस पत्र र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कल प्रतिसमेत मगाएको छ। 

प्रकाशित मिति: १४:२२ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्