Kathmandu Press

मोरक्कोले ६ करोड ५० लाख खोप लिने

मोरक्कोले ६ करोड ५० लाख खोप लिने

राबात, पुस १० : उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोनाभाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ। मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरेको छ। 

मोरक्कोका स्वास्थ्य मन्त्री खालिद एट तालेबले एक विज्ञप्ति प्रकाशन गरी खोप खरिद र वितरणका लागि तयारी अन्तिम चरणमा पुगिसकेको बताएका छन्। 

मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन्। खोप लगाउने समय भने अझै तोकिएको छैन।

मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरिसक्नु भएको छ। 

करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्