Kathmandu Press

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव

काठमाडौं, पुस १० : बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ। डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–नेपाल पक्षका ४५ प्रदेश...
बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव

काठमाडौं, पुस १० : बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ। डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–नेपाल पक्षका ४५ प्रदेश सभा सदस्यले शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरेका हुन्।

सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको हो। 

त्यस्तै राजीनामा दिएका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले पनि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्