Kathmandu Press

बागमती प्रदेशमा सरकार बनाउन कांग्रेस निर्णायक

अहिले बागमती प्रदेशमा कांग्रेस आफैले सरकार बनाउन नसक्ने भएपनि जुन पक्षलाई साथ दियाे, त्यसैकाे सरकार बन्ने अवस्था देखिएकाे छ।
बागमती प्रदेशमा सरकार बनाउन कांग्रेस निर्णायक

काठमाडौं, पुस १० : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको छ। अहिलेको अवस्थामा सरकार गठन गर्न कांग्रेस निर्णाय रहेको छ।

बागमती प्रदेश सभामा एक सय १० सदस्य छन्। जसमा सरकार गठनका लागि बहुमत पुर्याउन ५६ जना आवश्यक हुन्छ।
अहिले नेकपाका ८० सांसद छन्। त्यस्तै, कांग्रेसका २२, विवकेशील साझाका तीन, राप्रपाका दुई, नेमकिपाका दुई र स्वतन्त्र सांसद उक जना छन्।

नेकपा विभाजन भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री पौडेल अल्पमतमा परेका छन्। उनका विरुद्ध नेकपा अध्यक्षद्वय पुष्पमकल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।

नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना छन्। त्यस्तै, प्रचण्ड नेपाल पक्षका ४६ जना छन्। ओली पक्षलाई सरकार बनाउन २२ सांसद आवश्यक पर्छ भने प्रचण्ड नेपाल पक्षलाई १० सांसद आवश्यक पर्छ।

कांग्रेससँग २२ सांसद छन्। कांग्रेस ओली पक्षलाई साथ दिएमा मुख्यमन्त्री पौडेलको पद जोगिनेछ। तर, कांग्रेसले साथ नदिएमा उनको पद गुम्नेछ।

त्यस्तै, प्रचण्ड नेपाल पक्षलाई पनि सरकार गठन गर्न कांग्रेसकै साथ चाहिनेछ। विवेकशील साझा, राप्रपा, नेमकिपा र स्वत्रन्त गरेर आठ सांसद मात्रै हुन्छ। यि सबैले साथ दिएमा पनि प्रचण्ड नेपाल पक्षको बहुमत पुग्दैन।

प्रमण्ड नेपाल पक्षलाई सरकार बनाउन कांग्रेसकै साथ चाहिने भएको छ। कांग्रेसले जुन पक्षलाई साथ दियो, त्यसको सरकार बन्ने स्थिति आएको छ।

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्