Kathmandu Press

संसद् विघटनविरुद्ध संवैधानिक इलजासमा बहस सुरु

काठमाडौं, पुस १० : संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद्...
संसद् विघटनविरुद्ध संवैधानिक इलजासमा बहस सुरु

काठमाडौं, पुस १० : संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए। त्यसका विरुद्ध १३ वटा रिट परेका छन्।

सर्वोच्चले संसद् विघटनविरुद्ध परेका सबै रिटलाई संवैधानिक इजलासमा पठाएको थियो। सबै रिटको संवैधानिक इजलासमा सुुनुवाइ सुरु भएको हो।

सर्वोच्चले प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराको नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेको छ। जसमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीरहेका छन्।

सर्वोच्चमा परेका सबै रिटमा संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको जिकिर गरिएको छ। त्यसको खारेजीको माग गरिएको छ।

सबै रिटमा राष्ट्रपति, प्रधानमन्त्री ओली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।

 

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्