Kathmandu Press

बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा 

हेटौँडा, पुस १० : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। 

अविश्वासको प्रस्ताव दर्तासँगसँगगै प्रचण्ड–नेपाल समूहका तीन मन्त्रीले सामूहिक राजीनामा पनि दिएका छन्। वागमती प्रदेशका मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्। 

राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, उद्योग तथा पर्यटनमन्त्री अरूण नेपाल रहेका छन्।

प्रकाशित मिति: १२:१३ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्