Kathmandu Press

केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड-नेपाल निर्वाचन आयोगमा

काठमाडौं, पुस १० : नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेकपाका केन्द्रीय सदस्यहरुको हस्ताक्षर बोकेर निर्वाचन आयोग पुगेका छन्।संसद् विघटनविरुद्ध प्रचण्ड...
केन्द्रीय सदस्यको हस्ताक्षरसहित प्रचण्ड-नेपाल निर्वाचन आयोगमा

काठमाडौं, पुस १० : अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेकपाका केन्द्रीय सदस्यहरुको हस्ताक्षर बोकेर निर्वाचन आयोग पुगेका छन्।

संसद् विघटनविरुद्ध प्रचण्ड र नेपाल नेतृत्वको नेकपाले माइतिघर मण्डलमा प्रदर्शन गरेको छ। त्यहीबाट प्रचण्ड र नेपाल एक टोलीसहित निर्वाचन आयोग पुगेका हुन्। टोलीमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सहभागी छन्।

तीनै नेता नेकपाको आफ्नो समूहको आधिकारी भएको दाबी गर्दै आयोग पुगेका हुन्। उनीहरुले केन्द्रीय कमिटीका चार सय ४१ मध्ये तीन सय १३ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि प्रचण्ड र नेपाल समूह विरोधमा उत्रिएको । उनीहरुको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्षबाट हटाएकार छ भने नेपाललाई अध्यक्ष चयन गरेको छ।

 

प्रकाशित मिति: १२:०५ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्