Kathmandu Press

संसद विघटनविरुद्ध विवेकशील साझा पार्टीको प्रदर्शन

काठमाडौं, पुस १० : विवेकशील साझा पार्टीले पनि माइतीघरमा प्रदर्शन गरेको छ। शुक्रबार संसद विघटनविरुद्ध पार्टीले प्रदर्शन गरेको हो।सरकारले गैरसंवैधानिक तरिकाले संसद विघटन...
संसद विघटनविरुद्ध विवेकशील साझा पार्टीको प्रदर्शन

काठमाडौं, पुस १० : विवेकशील साझा पार्टीले पनि माइतीघरमा प्रदर्शन गरेको छ। शुक्रबार संसद विघटनविरुद्ध पार्टीले प्रदर्शन गरेको हो।

सरकारले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै प्रदर्शनमा उत्रिएको विवेकशील साझा पार्टीले जनाएको छ। 

प्रदर्शनमा ‘राष्ट्रपति संविधानको रक्षक कि भक्षक?’, ‘अधिनायकवादी चरित्र बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको छ। 

आजै नेकपा प्रचण्ड– नेपाल समूहले पनि संसद विघटनविरुद्ध माइतीघरमै प्रदर्शन गरेको थियो।

प्रकाशित मिति: १२:०३ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्