Kathmandu Press

कोरियाले नेपालसहित १६ देशबाट ५२ हजार कामदार लग्ने

कोरिया, पुस १० : आगामी वर्ष दक्षिण कोरियाले नेपालसहित विभिन्न मुलुकबाट ५२ हजार कामदार लग्ने भएको छ।दक्षिण कोरियाकोे प्रवासी श्रमिक कोटा निर्धारण समितिको...
कोरियाले नेपालसहित १६ देशबाट ५२ हजार कामदार लग्ने

कोरिया, पुस १० : आगामी वर्ष दक्षिण कोरियाले नेपालसहित विभिन्न मुलुकबाट ५२ हजार कामदार लग्ने भएको छ।

दक्षिण कोरियाकोे प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो। आगामी वर्ष नेपालसहितका मुलुकबाट ५२ हजार कामदार लग्न कोटा निर्धारण गरेको हो।

यो संख्या नेपालसहित १६ मुलुकका लागि हो। यो सङ्ख्या २०२० को तुलनामा चार हजार कम हो।

कोरोनाका कारण सन् २०२० को कोटामध्येका ३० हजार नौ सय नौ प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन्।

सन् २०२१ मा तोकिएको ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा ६ हजार चार सय, मत्स्यपालन क्षेत्रमा तीन हजार, निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा (पुरानो सामान बटुल्ने छान्नेमा) एक सय जना तोकिएको छ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार कमिटेड (प्रतिबद्ध पुनः प्रवेश) श्रमिक आउनेछन्। अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने जनाएको छ। (रासस)

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्