Kathmandu Press

संसद् विघटनविरुद्ध प्रचण्ड र नेपाल सडकमा

संसद् विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रदर्शन सुरु गरेको छ।
संसद् विघटनविरुद्ध प्रचण्ड र नेपाल सडकमा

काठमाडौं, पुस १० : संसद् विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रदर्शन सुरु गरेको छ।

नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरु माइतीघर मण्डलमा पुगेका छन्। उनीहरुले सरकारको कदमविरुद्ध प्रदर्शन सुरु गरेका छन्।

प्रदर्शनमा अध्यक्षद्वय प्रचण्ड र नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेता सहभागी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपाले प्रदर्शन सुरु गरेको हो।

माइतीघरबाट नेकपा नेता कार्यकर्ता निर्वाचन आयोग पुग्ने भएका छन्। त्यसपछि दिउसो २ बजे पत्रका सम्मेनल गर्ने नेकपाले जनाएको छ।

 

प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्