Kathmandu Press

भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

धनगढी, पुस १० : भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले उद्धार गरेको छ।गएराति भारत लैजाँदै गरेका युवतीको उद्धार गरेर सशस्त्र प्रहरीले कैलालीको...
भारततर्फ लैजाँदै गरेका दुई युवतीको उद्धार

धनगढी, पुस १० : भारततर्फ लैजाँदै गरेका दुई युवतीको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

गएराति भारत लैजाँदै गरेका युवतीको उद्धार गरेर सशस्त्र प्रहरीले कैलालीको त्रिनगरस्थित शान्ति पुनःस्थापना केन्द्रमा बुझाएको छ।

बोर्डर आउटपोस्ट डोकेबजार र बोर्डर आउट पोस्ट आपतालबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका वेदकोट नगरपालिका–१ हात्तिथलका १८ वर्षीया र धादिङ छाख्रे गाउँपालिका–५ बस्ने २० वर्षीया गरी दुई युवतीको उद्धार गरेको हो।

उद्धार गरिएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनःस्थापन केन्द्र त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न वेदकोट–१ हात्तिथलाका २० वर्षीय लोकेन्द्र बोहरा र बझाङ जिल्ला मष्टा गाउँपालिका–३ ठकुरीथानाका २१ वर्षीय सुनिल बोहरालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको उनले बताए। (रासस)

प्रकाशित मिति: १०:३१ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्