Kathmandu Press

संसद् विघटनविरुद्धका मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले संवैधानिक इजलाश पुर्नगठन गरे

संसद् विघटनविरुद्ध परेका मुद्दाकाे सुनुवाइ गर्न प्रधानन्याधीशले आज पाँच सदस्यीय संवैधानिक इजलास पुर्नगठन गरेका छन्।
संसद् विघटनविरुद्धका मुद्दा हेर्न प्रधानन्यायाधीश जबराले संवैधानिक इजलाश पुर्नगठन गरे

काठमाडौं, पुस १० : संसद् विघटनविरुद्ध परेका मुद्दाको सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास पुर्नगठन गरेको छ।

आज सर्वोच्च अदालतले जारी गरेको दैनिक पेशी सूचिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरिएको छ। प्रधानन्यायाधीश जबराले यसका लागि थप चार जना न्यायाधीश छनोट गरेका छन्।

प्रधानन्यायाधीश जबराले संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलासका लागि न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई छानेको छ। पाँचै जनाको इजलास नं. १ मा आज संसद् विघटनविरुद्ध परेको सबै मुद्दाको सुनुवाइ हुनेछ। यसअघि संवैधानिक इजलाशमा रहेका वरिष्ठ न्यायधीश दिपककुमार कार्की र मीरा श्रेष्ठलाई उक्त इजलाशबाट हटाइएकाे छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गराएका थिए। त्यसविरुद्ध १३ वटा मुद्दा परेका छन्।

एउटा रिट सिधै संवैधानिक इजलासमा पठाइएको थियो भने १२ रिटमा प्रारम्भिक सुनुवाइ भएको थियो। ति सबै रिट पनि प्रधानन्यायाधीश जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

 

प्रकाशित मिति: १०:१६ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्