Kathmandu Press

काठमाडौं उपत्यकामा आजको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री

काठमाडौं, पुस १० : बादल हटेसँगै काठमाण्डौ उपत्यकामा चिसो बढेको छ । काठमाडौं उपत्यकामा हिजोभन्दा आज २ डिग्री तापक्रम घटेको छ ।आज बिहान...
काठमाडौं उपत्यकामा आजको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री

काठमाडौं, पुस १० : बादल हटेसँगै काठमाण्डौ उपत्यकामा चिसो बढेको छ । काठमाडौं उपत्यकामा हिजोभन्दा आज २ डिग्री तापक्रम घटेको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

तराई र पहाडका केही ठाउँमा हुस्सु र कुहिरो भने लागेको महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: ०८:२३ बजे, शुक्रबार, पुस १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्