भारतमा थपिए २३ हजार कोरोना संक्रमित
काठमाडौं, पुस १० : भारतमा थप २३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यो सँगै संक्रमितको संख्या १ करोड १...
काठमाडौं, पुस १० : भारतमा थप २३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै संक्रमितको संख्या १ करोड १ लाख ४७ हजार ४६८ पुगेको छ । यो सँगै संक्रमितमध्ये अहिलेसम्म ९७ लाख १७ हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार १२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३२८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।
प्रकाशित मिति: ०८:०९ बजे, शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)