Kathmandu Press

पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

काठमाडौं, पुस १० : पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन्...
पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

काठमाडौं, पुस १० : पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् ।

पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय खटपट हुँदै आएपछि उनलाई बर्खास्त गरेका हुन् । जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको प्रशिक्षक रहेका थिए ।

टुचेलको बर्खास्तीसँगै पीएसजीको नयाँ प्रशिक्षक बन्ने दौडमा टोटनह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनो तथा एसी मिलान र युभेन्टसलाई लिग जिताएका मासिमिलानो एलेग्री चर्चामा छन् ।

अर्जेन्टिनी नागरिक पोचेटिनो पीएसजीको प्रशिक्षक बन्ने बलियो सम्भावना रहेको खबरमा उल्लेख छ ।

प्रकाशित मिति: ०७:२३ बजे, शुक्रबार, पुस १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्