प्रधानमन्त्री ओलीलाई रामचन्द्र पौडेलको चुनौती- तनहुँ आउनुस् चुनाव लड्न तयार छु
काठमाडौं, पुस ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग चुनाव लड्न आउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका...
काठमाडौं, पुस ९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग चुनाव लड्न आउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले तनहुँमा आफूसँग चुनाव लड्न आउन प्रधानमन्त्री ओलीलाई चुनौती दिएका हुन्।
बुधबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले तनहुँमा चुनाव हार्ने भएपछि कांग्रेस नेता पौडेल चुनावको विपक्षमा उभिएको आरोप लगाएका थिए।
प्रधानमन्त्री ओलीलाई चुनौती दिँदै पौडेलले भने,‘म पाँचपटक चुनाव जितेको मानिस हुँ। अब चुनावमा तनहुँ आउनुस् म तपाईंसँग चुनाव लड्न तयार छु।’
प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)