Kathmandu Press

ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो

काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ। बालुवाराटमा बिहीबार बसेको...
ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटायो

काठमाडौं, पुस ९ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ। 

बालुवाराटमा बिहीबार बसेको ओली समूहको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्षबाट हटाउने निर्णय गरेको हो।  कार्यकारी अध्यक्षबाट हटाएपनि अध्यक्षबाट भने प्रचण्डलाई हटाइएको छैन।  नेकपाको विधान अनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै प्रचण्डलाई कारबाही गरिएको ओली समूहले जनाएको छ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अध्यक्ष ओलीलाई नेकपाको अध्यक्षबाट हटाउँदै नेपाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो भने ओली समूहले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको थियो।

यस्तै,  बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र अध्यक्ष ओलीको मात्र हस्ताक्षर चल्ने गरी निर्णय पनि गरेको छ।

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, पुस ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्